गोरखामा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे लमजुङको दूधपोखरी गाउँपालिकास्थित वागेश्वरी माविका बिचौरका शिक्षकहरु सवार बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।जिपमा सवार ९ जनामध्ये  ७ जना घाइते भएको र गम्भिर घाइते २ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बोलेर चालकसहित २ जना सामान्य घाइते भएको उनले

सम्बन्धित सामग्री

धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

धादिङको इजारा र सिस्नेखोलामा मंगलबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–३ इजारामा बा १८ च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

धादिङका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङ : धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङको निलकण्ठ नगरपालिका-३ ईजारामा बा १८ च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका-१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव…

म्याग्दीमा जिप दुर्घटना : २ को मृत्यु, ६ घाइते

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाको चिलाउने खर्कमा यात्रुवाहक बोलेरो जिप आज साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।म्याग्दीको सदरमुकाम बेनीबाट सामानसहित यात्रु लिएर गाउँतर्फ लागेको ग १ ज ७२५२ नम्बरको जिप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा यात्रु खिमनाथ शर्मा र खिमु पुनको मृत्यु भएको छ भने घाइते ६ जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइए

म्याग्दीको वेग खोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

न्युज अफ नेपाल, म्याग्दी ।  उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा आज (सोमबार) बोलेरो जिप दुर्घटना भएको छ । सदरमुकाम बेनीबाट बेगखोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार बेगखोलास्थित उकालो जाँदै गरेको जिप अचानक सडकभन्दा तल खस्दा चालक दुतबहादुर थापासहित ६ […]