विष्णु पौडेलद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतवार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफूले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।