विद्यालय भवनमा ठेकेदारले लगाए ताला‚ रोकियो पढाइ

सल्यान : सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ।जिल्लाको त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसायी)ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो।८ कोठे र ४ कोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाईमा समस्या भएको विद्यालयका सह प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले बताए। विद्यालयमा तालाबन्दी हुँदा कक्षा ४, ५, ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीको पठनपाठनमा प्रत्