अमेरिकाको सेन्ट्रल कमान्डले गरेको अनुमानअनुसार, अमेरिकी सेनाले अफगानिस्तानबाट हतारहतार निस्कने क्रममा कम्तीमा १७० वटा हतियार छोडेको छ ।
यत्तिका हतियार छोडेर हिँड्दा विपक्षी रिपब्लिकन सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अफगानिस्तानमा छोडिएका हतियारको पूर्ण विवरण दिन भनेका छन् ।
यसैबीच पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा छोडिएका सैन्य उपकरणलाई चीन र रुसले रिभर्स इन्जिनीयर गर्न सक्ने बताए ।
फुल मेजर कार्यक्रमकी शेरील एटकिनसनसँग कुरा गर्दै ट्रम्पले भने, ‘चीन र रुससँग हाम्रा अपाच...