कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौँ महानगरले कारबाही गर्ने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ। महानगरको वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै साउन १ गतेदेखि महानगरबासीले घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० रुपैयाँ कारबाही गरिने जनाएको हो।