धेरै पानी पिएकाले उसको पेट त घ्याम्पो जत्रो भयो । पेट मुसारेर यता र उता हिंडिरह्यो । उसलाइ अब भने सुसु आयो । ऊ सुसु गर्न गयो । उसको पनि सुुसु गर्ने बट्टा थियो । त्यहीँ बट्टमा बसेर चन्द्रमालाई हेरयो । चन्द्रमाले यो सबै हेरिरहेको थियो । रातिसम्म पंखी नसुती बसेकाले उता चन्द्रमालाई झन् रिस उठ्यो । पंखी भने आँखा चिम्रा बनाएर चन्द्रमाले देखेको छैन जस्तै गरेर बसेको थियो ।