बैशाख १ देखि सबै सेवा काठमाण्डौ प्लाजाबाट दिने काठमाण्डौ महानगरको तयारी

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिने तयारी गरेको छ ।  यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको र अरु विभाग पनि स्थानान्तरण गरी एकै ठाउँबाट सेवा दिने तयारी गरेको काठमाण्डौ महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिनुभयो । अहिले काठमाण्डौ महानगरपालिकामा १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् ।  अहिले महानगरपालिकाले  काठमाण्डौ प्लाजामा सरसफाइ गर्ने काम इन्टरनेट राख्ने काम, कोठा वि...