जीवनदान

सोचिन्-वसन्तलाई प्रेम गरें। बदलामा मेरै नजिकको साथीसित बिहे गर्यो। अहँ,त्योभन्दा बढ्ता त आफ्नै साथीले चाहिं धोका दिएको हो। टुडिँखेलमा उँधौली र उँभौलीमा दिनभरि सँगै साकेला नाचेका थियौं। सँगै सिली टिपेका थियौं। मैले मन पराउँछु भनी चमेलीलाई समेत चिनाएकी थिएँ।