कोभिड कोषको रकम तलबभत्ता र पार्क निर्माणमा

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण शीर्षकमा विनियोजित रकम बागलुङ नगरपालिकाले रकमान्तर गरेर अर्कै शीर्षकमा खर्च गरेको पाइएको छ । नगरपालिकाले ठेक्का लगाएको पार्क व्यवस्थापन, खेलकुद कार्यक्रम, सम्मान तथा पुरस्कार र विद्यालय कर्मचारीको तलब भत्ता शीर्षकमा उक्त रकम छुट्याएको हो ।