कार्यव्यवस्था परामर्श बैठक जारी, १ बजेदेखि संसद बैठक

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो ।सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक बस्नुअघि संसद बैठकका कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहभागी भएको छैन ।