नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक शुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो । आजको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल गर्ने कार्यसूची रहेको सापकोटाले बताउनुभयो ।
यसअघिको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुमोदन गर्ने र पार्टीमा थप २२ जना केन्द्रीय सदस्य थप गर्ने विषयमा पनि छलफल हुने सापकोटाले बताउनुभयो । माओवादी केन्द्रले केन्द्रीय कार्य समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ ।