वार्तामा बस्न नचाहनु भारतको हेपाहा प्रवृत्ति : नेता श्रेष्ठ
भारतले नेपालमाथि हेपाहा प्रवृति देखाई वार्तामा बस्न नचाहेको राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा श्रेष्ठले भारतको हेपाहा प्रवृतिका कारण वार्ता हुन नसकेको बताए।