चाइना हुआरोङ एसेट म्यानेजमेन्ट कम्पनीका पूर्व अध्यक्ष लाइ सियाओमिनलाई घूस खाएको र विवाहेतर सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरी मृत्युदण्डको सजाय दिइएको छ ।
मंगलवार तियानजिन अदालतले मृत्युदण्डको सजाय सुनाउँदै लाइको सबै राजनीतिक अधिकार खोस्ने र सम्पत्ति जफत गर्ने फैसला दियो ।
सेकेन्डरी इन्टरमिडिएट पिपुल्स कोर्ट अफ तियानजिनले उक्त फैसला सुनाएको हो । अदालतले उनको करीब २० लाख युआन बराबरको सम्पत्ति जफत गरेको छ ।
लाइले आफ्नो पदको दुरुपयोग गरी सन् २००८ देखि २०१८ सम्ममा १ अर्ब ७९ करोड य...