धनगढी : सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारीसमेत गरेको छ। संसद विघटनलाई बदर गरेको संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो। मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने भएका छन्।