आजको कक्षा कोठामा भोलिको भविष्य निर्माण हुन्छ

हामीले बुझ्नुपर्छ– हिजो कक्षा कोठा ठीक नहुँदा आज प्राज्ञिकहरू खराबको पक्षमा उभिने र युवापुस्ता विचारहीन राजनीति र चरित्रहीन नेतृत्वमा आफ्नो भविष्य देख्ने भयो । आज पनि कक्षा कोठाको हालत त्यस्तै छोडियो भने देशको भोलिको अवस्था झन् समस्याग्रस्त बन्नेछ ।