नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ ।
प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।”...