जनरल इन्स्योरेन्सले ३० % हकप्रद शेयर जारी गर्ने, बीमा समितिबाट स्वीकृती लिन बाँकी

जेठ ९, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३० करोड पुग्नेछ ।