निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिराको उच्च जोखिममा परेको छ । गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिराको जोखिममा रहेको जनाउँदै ती घरका परिवारहरूलाई सुरक्षित स्थानमा सार्न माग गरे । “निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरूलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ, अझै ठुलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखिन्छ, बस्ती पहिराको बीचमा रहेको हुँदा