काठमाडौं–४ मा गगन-राजनबीच विरासत भत्काउने र जोगाउने प्रतिस्पर्धा ! (भिडियोसहित )

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार छन् । यति धेरै उम्मेदवारका बीच पनि मुख्यतया दुई उम्मेदवारप्रति आम चासो देखिन्छ । गठबन्धनको समर्थन पाएका कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक यसै क्षेत्रबाट आपसमा प्रतिस्पर्धा गरिरहेका कारण पनि यी दुवैप्रति आम चासो बढेको हो ।प्रायः काठमाडौं बाहिरबाट आएर बसोबास गरेका मतदाताहरू रहेको काठमाडौं–४ मा काठमाडौं महानगरका चारवटा वडा र बूढ