काठमाडौं नेपालमा पहिलो पटक मंकीपक्स भाइरस सङ्क्रमण देखिएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मंकीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो। विश्वभर हाल १११ देशमा फैलिसकेको मंकीपक्स भाइरस सङ्क्रमण नेपालमा पनि देखिइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने पनि जनाएको छ। सन् १९८० मा […]