अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. पोखरेल

अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन्  भने अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ । दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएसँगै यसअघि शर्माले सञ्चार विज्ञका रुपमा मनऋषि धिताललाई नियुक्त गरेका थिए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा संसदीय समितिबाट क्लिन चिट पाएपछि शर्मा अर्थ मन्त्रालय फर्किएका थिए ।

सम्बन्धित सामग्री

अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं- सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रूपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् । अर्थमा पौडेल र पाण्डे दुवै जना अवैतनिक रूपमा खटिने महतले जनाएको छ । पौडेल राष्ट्रिय योजना आयोगको...

अर्थ मन्त्रालयमा तीनजना सल्लाहकार नियुक्त

काठमाडौं– सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन्। अर्थमा पौडेल र पाण्डे दुवैजना अवैतनिक रुपमा खटिने महतले जनाएको छ। पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व […]