पृथु बास्कोटा बन्द प्रशिक्षणमा सहभागी नहुने, खेलाडी तथा अधिकारीको कोरोना रिपोर्ट निगेटिभ

पृथु बास्कोटा नेपालको राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षणमा सहभागी नहुने भएको छ । उहाँले ब्यक्तिगत् कारणले प्रशिक्षणमा सहभागी नहुने जनाउ दिएको नेपाल क्रिकेट संघले उल्लेख गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बन्द प्रशिक्षण सुरु हुनु अघि अलराउन्डर बास्कोटाले आफू ब्यक्तिगत् कारणले प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको जनाएको छ । स्पेनमा हुने विश्व क्रिकेट लिग डिभिजन २ को तयारी स्वरुप नेपाल क्रिकेट संघले गत् साता बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक गरेको थियो । सूचीमा २० खेलाडी समेटिएका छन् ।