निश्चित दल र उम्मेदवारको पक्षपोषण गर्ने मिडियालाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । प्रेस काउन्सिल नेपालले उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपील गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले अनुगमनका क्रममा आचारसंहिताविपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा ‘…राम्रो मतान्तरसहित जित्ने सम्भावना’, ‘…अग्रता’ जस्ता […]