तिब्बतबाट निर्वासित भई भारतमा बसिरहेका धर्मगुरु दलाई लामा मंगलवार ८६ वर्षका भएका छन् ।
भारतको हिमाचल प्रदेशमा रहेको मकलियोडगञ्जमा रहेका दलाई लामाको उत्तराधिकारी चिनियाँ कम्युनिस्ट पार्टीले आफैं छनोट गर्न खोजेको छ । तर दलाई लामाले आफ्नो नयाँ अवतारमा चीनले चासो देखाउनु आधारहीन रहेको बताएका छन् ।
विगत ६२ वर्षदेखि निर्वासनमा रहेका दलाई लामा संसारभरि रहेका तिब्बतीहरूको संघर्षका प्रतीक हुन् । उनले मर्नुअघि शान्सी प्रान्तमा रहेको वुताइ शान नामक पवित्र तीर्थस्थलको भ्रमण गर्न पाए हुन्थ्यो भनी कामना गरेका छन् । उक्त ...