काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न जरुरी रहेको बताएका छन्। मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे। नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले अस्थायी, ज्यालादारी […]