घर बहाल निर्देशिका जारी भएसँगै बढे कामपाका करदाता

काठमाडौँ : घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ। कामपाको पटकपटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन्। सबै घरधनीलाई करको दायरामा ल्याउनका लागि कामपाले गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो।  कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार निर्देशिका जारी भएसँगै बहाल कर तिर्ने करिब साढे ५१ हजार करदाता बढेका छन्।