यी नेताले तयार पार्दैछन् काँग्रेसको संगठनात्मक प्रतिवेदन

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पेश हुने संगठनात्मक प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको छ । संगठनात्मक प्रतिवेदन लेखनको जिम्मा महामन्त्री पूर्णबहादुर खड्कासहित सहमहामन्त्री प्रकाशशरण महत र नेता रमेश लेखकले पाएका थिए ।तीनै जना नेताहरु बागबजारस्थित एक होटलमा बसेर प्रतिवेदनलाई अन्तिम रुप दिन लागि परेका हुन् । उक्त प्रतिवेदनमा सभापति शेरबहादुर देउवाले वितेको साँढे ५ वर्षमा गरेका कामकारवाही लगायतका विषय समेटिएको बुझिएको छ । त्यसैगरी नेतृत्व छान्ने महाधिवेशनपछि नीति महाधिवेशन गर्ने जनाएको काँ