बुटबल पावरको सेयरमा लगानीकर्ता डुबाउने खेल

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)लाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गर्न अनुमति दिएपछि सर्वसाधारणलाई मर्का परेको त छँदछ, दोस्रो बजारमा पनि लगानीकर्ता डुबाउने खेल सुरु भएको छ । दोस्रो बजारमा केही सीमित व्यक्तिले चलखेल गरी बुटबल पावरको सेयर मूल्य घट्न नदिने अभियानमा लागेका छन् ।