१२ पुस, झापा । झापाको गौरादह नगरपालिका–७ मा ग्रिनेड फेला परेको छ ।
माओवादी सशस्त्र द्वन्द्वका वेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड शनिबार अपराह्न ४ बजेतिर १५ वर्षीय गरिमा भुजेलले फेला पारेकी थिइन् ।
टिकको बगानमा गाइवस्तु …
सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजार र जिल्ला प्रहरी कार्यालयको निवासस्थल नजिकै पुरानो प्रेसरकुकर बम फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको हो।...
काभ्रेमा फेला परेको बम नेपाली सेना कालीजंग गण धुलिखेलले डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका वडा नं. ९ स्थित...
हेटौंडा । हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो । उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ को वुर्किसल्लामा फेला परेको सकेट बम डिस्पोज गरिएको छ। नेपाली सेनाको नरसिंह दल गण सुरक्षा गुल्म रुकुम पूर्वको टोलीले आज दिउँसो बम डिस्पोज गरेको हो। सेनानी...
१७ फागुन, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–३, कौशलटारमा शंकास्पद वस्तु भेटिएको छ । मंगलबार बिहान ७ बजे भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले बताए । उनका अनुसार कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवेयरको दक्षिण पट्टी प्रेसर कुकुरभित्र शंकास्पद वस्तु राखिएको थियो । ‘शंकास्पद वस्तु छ […]
१७ फागुन, दाङ । बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । खजुरा गाउँपालिका-३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको हो । स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको अवस्थामा प्रेसर कुकर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै नेपाली सेनाको टोलीले बिहान साढे ११ […]
जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका २ धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकी नजिकै फेला परेको बम डिस्पोज गरिएको छ। नेपाली सेनाको रणभिम गणको टोलीले बम डिस्पोज गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले नेपाली सेनालाई बोलाएपछि बम नै रहेको पुष्टि भएको छ । सेनाको टोलीले उक्त बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। […]
नेपाली सेनाले काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुईवटा शंकास्पद वस्तु डिस्पोज पारेको छ । कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको हो ।शुक्रबार बिहान कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो ।जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र एउटा खाली पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा ३ वटा कुकरबम फेला परेकोछ । सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो । शुक्रबार बिहानै ३ वटा कुकरबम फेला परेको हो । कलंकी र ढुंगेअड्डाको बीचसडकमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेकाथिए । प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेकोथियो । त्यसपछि नेपाली सेनाको टोली पुगेर उक्त […]