मर्जर सहमति भएको लामो समयपछि हिमालयन बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ ।
आइतवार बसेको बैंकको सञ्चालक समितिको बैठकले इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले लोकान्तरलाई जानकारी दिए ।
सञ्चालक समितिको बैठकमा इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जानका लागि सर्वसम्मतिले निर्णय दिएको हो ।
गत वैशाख ३० गते दुई बैंकबीच मर्जरको सहमति भएको थियो ।
मर्जरपछि ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने ...