सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले काठमाडौँ आएका राउटे समुदायका सदस्यलाई भेटेर उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएकी छन् । मन्त्री बादी आइतबार सुन्धारास्थित राउटे समुदायका सदस्य बसिरहेको स्थानमै पुगेर उनीहरूसँग छलफल गरेकी हुन् । भेटका क्रममा उनले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा र जीवनस्तर सुधारका विषयमा […]