गत साताको अदालतको आदेशपछि वार्षिक एसाइलम शुल्कका सूचना पठाउने कार्य रोकिएको युएससीआईएसले शुक्रबार पुष्टि गरेको छ। एक वर्षभन्दा लामो समयदेखि विचाराधीन रहेका एसाइलम आवेदनहरूका सन्दर्भमा संस्थाले १०० डलर शुल्कको सूचना आवेदकहरूलाई पठाइरहेको थियो। ३० दिनभित्र शुल्क नतिरे आवेदनमा नकारात्मक प्रभाव पर्ने र प्रक्रिया ढिलाइ हुन सक्ने चेतावनीसमेत दिइएको थियो। तर, कस्तो नकारात्मक प्रभाव पर्ने भन्नेबारे […]