थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

थाइल्यान्ड । थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३:३० बजे रेस्टुरेन्ट तथा भाडामा बस्नेहरूका लागि आवासीय सुविधा रहेको भवनमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब दुई घण्टा लागेको थियो । […]