काठमाडौँको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीका अभिमन्यु नेपाल (३७)का बुवाले वर्षौंदेखि उच्च रक्तचाप र कोलेस्ट्रोलको औषधि खाइरहेका छन्। उच्च रक्तचापको एम्लोडिपिन नामको औषधि पहिले काभ्रेस्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क पाइन्थ्यो। तर, तीन महिनायता त्यहाँ औषधि पाइन छोडेपछि बाहिरको फार्मेसीबाट औषधि किन्नुपरेको अभिमन्यु बताउँछन्। भन्छन्, “सरकारले निःशुल्क दिने भनेको र नियमित खानुपर्ने औषधि नै पाइँदैन, हामीसहित अरू स्थानीयवासी […]