चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही भाष्य’ निर्माण गरी घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसको डटेर सामना गर्ने बताएका छन्। शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई अलोकप्रिय बनाउने उद्देश्यले विभिन्न भ्रम र प्रचार गरिएको दाबी गरे। उनले यस्ता गतिविधिविरुद्ध पार्टी […]