सीजी ब्रान्डले नयाँ वर्ष २०८३ का लागि आफ्नो वार्षिक ब्रान्ड अभियान ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ सार्वजनिक गरेको छ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्षको अवसरमा उक्त अभियान घोषणा गरेको हो । यससँगै ‘भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ भन्ने नारासहित विशेष उपहार योजना पनि सुरु गरिएको कम्पनीले जनाएको छ । […]