नेपालको अध्यागमन विभागले पर्यटक पहिचान व्यवस्थापन प्रणाली कार्डको अनुमति प्रदान गर्ने प्रक्रियालाई पूर्ण रूपमा अनलाइन पोर्टलमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको छ। प्रारम्भिक चरणमा पर्यटक तथा एजेन्सीहरूलाई सहजता प्रदान गर्न एजेन्सी शाखाका कर्मचारीहरूले प्रत्यक्ष सहयोग गर्दै आएका थिए। तर, प्रत्यक्ष सम्पर्कबाट हुने विचौलियाको हस्तक्षेपले सुशासन र पारदर्शितामा बाधा पुगेको पाइएपछि विभागले यस्ता क्रियाकलापलाई कडाइका साथ निषेध […]