मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिनसहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सोमबार खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय टेकबहादुर सिङतानको घरमा छापामारी हतियार बरामद गरेको हो। प्रहरीका अनुसार सिङतानको बालुवा-सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्ट र रातो प्लास्टिकले […]