६ महिने सुत्केरी बिदाको प्रस्तावलाई अनुमोदन गरी कार्यान्वयनमा ल्याउन सरोकारवालाहरूको माग

बिहीबार काठमाडौँमा आयोजित सिडआर्ट फाउन्डेसनको न्युट्रिसन फेलोसिपको एक कार्यक्रममा सरोकारवालाहरूले संसदमा छलफलका क्रममा रहेको 'सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक २०८३' लाई अनुमोदन गर्दै कार्यान्वयन गर्न माग गरेका हुन्।