अमेरिकाका राज्यस्तरीय मतदाता नामावलीबाट गैर-नागरिकहरूलाई हटाउने र कारबाही गर्ने उद्देश्यले ट्रम्प प्रशासनले चलाएको राष्ट्रव्यापी अभियानका क्रममा करिब १,६०० वटा धाँधलीका मुद्दा दर्ता भई १६० जना पक्राउ परेका छन्। ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’का वरिष्ठ अधिकारी म्याथ्यु मिलहोलिनले एक पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्। अमेरिकामा मध्यावधि निर्वाचन हुन ६ हप्ता मात्र बाँकी छँदा सार्वजनिक गरिएका यी तथ्यांकले […]