राज्यका स्रोत साधन दोहनविरुद्ध बालेन सरकार: कानुनविपरीत प्रयोग भएका ६२२ सरकारी गाडी तानियो

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्य गर्न सुशासनतर्फ ठोस कदम चालेको छ।