निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । विभागले अनुमगनको क्रममा कैफियत देखिएपछि जेएस जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारवाही गरिएको हो । […]