अमेरिकामा डेमोक्र्याट नेताहरूमाथि न्याय मन्त्रालयद्वारा अनुसन्धान सुरु

अमेरिकाको मिनेसोटाका दुई प्रमुख डेमोक्र्याट नेताहरूमाथि अनुसन्धान सुरु गरिएको छ। संघीय आप्रवासन कारबाहीमा अवरोध पुर्‍याउन खोजेको आरोपमा न्याय मन्त्रालयले मिनेसोटाका गभर्नर टिम वाल्ज र मिनियापोलिसका मेयर जेकब फ्रेमाथि अनुसन्धान सुरु गरेको हो। यो कदमलाई ट्रम्प प्रशासन र डेमोक्र्याटहरूबीचको बढ्दो टकरावको सङ्केतका रूपमा हेरिएको छ। गभर्नर वाल्ज र मेयर फ्रेले ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) सम्बन्धी […]