झन्डै पाँच मिनेट जति हाम्रो कुराकानी भयो। दिदीले हालचाल सोध्नुभयो, काम कस्तो चल्दैछ भन्नुभयो। तर मेरो भित्री मन भने ती अर्की किशोरीमा अड्किएको थियो। उनी केही बोलिरहेकी थिइनन्, मात्र आफ्ना ती लामा औँलाहरूले मतिर इशारा गरेपछि उनी मौन भइन्। उनको हेराइमा एउटा यस्तो चमक थियो, मानौँ उनले मलाई वर्षौँदेखि चिन्थिन्।