महोत्तरी। कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ। रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो। निवर्तमान सांसद डा.सुरेन्द्रकुमार यादव तथा रामगोपालपुर, मनरा र औरही नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिकाको संयुक्त पहलकदमीमा अस्पताल