पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा लगातार ४ पटक संसदीय निर्वाचनमा अपराजित रहँदै आएका छन् । यसअघि नेकपा एमालेबाट उम्मेदवार बन्दै आएका उनी अब भने एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्ने तरखरमा छन् ।मकवानपुर क्षेत्र नम्बर २ उनको निर्वाचन क्षेत्र हो । जिल्लामा उनको प्रभाव राम्रै मानिन्छ । यद्यपि, एमाले छाडेर नयाँ दलमा सामेल भएका कारण आसन्न निर्वाचन उनका लागि चुनौती र अवसर दुवै देखिन्छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्ने मौका पाएमा उनी प्रतिनिधिसभाका