बन्दुकधारीको आक्रमणबाट ३ जनाको मृत्यु, कोपनहेगन सपिङ मल

दक्षिण कोपनहेगनको सबैभन्दा ठूलो फिल्ड्स मलभित्र आइतबार बन्दुकधारीले गोली चलाइnआक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन् । गोली चलेपछि सपिङ मलबाट मानिसहरु रुँदै चिच्याउँदै भागाभाग गरिरहेको भिडिओ फुटेजमा देखिन्छ ।सुरक्षित देश भनेर चिनिने डेनमार्कमा भएको यो त्रासदिपूर्ण घटनालाई प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले पनि डेनमार्कमा क्रूर आक्रमण भएको भन्दै निन्दा गरेकी छन् |