आँधीखोला गाउँपालिका वडा नं. २ नयाँ भवनमा

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ को नवनिर्मित वडा कार्यालय भवन शुभारम्भ भएको छ । वडा कार्यालय भवन निर्माणका लागि एक करोड ८८ लाख रुपैयाँको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर एक करोड ३९ लाख १२ हजार १३१ रुपैयाँमा खर्च भएको बताइन्छ ।