मनकामना केबलकार ४ दिन बन्द हुने

मनकामना केबलकारको स्तरोन्नतिका लागि आइतवारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिने भएको छ । केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहने छ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीवारबाट केबलकार सेवा नियमित शुरूवात गर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभर केबलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहने छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्...