आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा एकीकृत समाजवादी पार्टीलाई सुदूरपश्चिम प्रदेशमा धक्का लागेको छ । सो पार्टीबाट प्रदेश सरकारमा सहभागी राज्यमन्त्रीसहित पार्टीका उच्च पदाधिकारीहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई एमालेमा प्रवेश गराएका हुन् । कार्यक्रममा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिमका पूर्व आर्थिक मामिला मन्त्रीसमेत रहेक